logo
  • २ माघ २०८१, बुधबार | Wed, 15 Jan 2025
  • वीरगन्जबाट पोखरा आउँदै गरेको बस दुर्घटना, चालकसहित १७ यात्रु घाइते

    • Heralo Reporter Heralo Reporter
    • ७ मंसिर २०८१ शुक्रबार
    वीरगन्जबाट पोखरा आउँदै गरेको बस दुर्घटना, चालकसहित १७ यात्रु घाइते

    पोखरा , हेरालाे खबर

    वीरगन्जबाट पोखरा आउँदै गरेको बस आज मकवानपुरको हेटौँडामा दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।

    घाइतेमध्ये एक बालिकको अवस्था गम्भीर रहेको बताइएको छ ।

    ग२ख १६२१ नम्बरको बस ब्रेक फेल भई चुरियामाई मन्दिर नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    बसमा सवार रहेका १८ मध्ये चालकसहित १७ जना घाइते भएका हुन् ।

    प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा बारा पर्सैनी गाउँपालिका वडा नं ३ की ९ वर्षीया जोनीशा कुमारी ठाकुर रह्की छन् ।

    घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । थप विवरण आउन बाँकी छ ।



    Heralo Reporter Heralo Reporter    
  • ७ मंसिर २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP