logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा २८ वर्षीय कार्कीको मृत्यु

    • Heralo Reporter Heralo Reporter
    • ११ भाद्र २०८१ मंगलवार
    रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा २८ वर्षीय कार्कीको मृत्यु

    चितवन , हेरालाे खबर

    चितवनमा गएराति सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा चितवन रत्ननगर नगरपालिका वडा नं ६ का २८ वर्षीय सरोज कार्की छन् ।

    भरतपुर महानगरपालिका वडा नं ३ पुलचोकस्थित सडकमा रोकिराखेको मधेस प्रदेश ०३००१ ख ९४७३ नम्बरको ट्रकमा कार्की सवार ना.५८प ८५९४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।



    Heralo Reporter Heralo Reporter    
  • ११ भाद्र २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP