हेरालाे खबर
एफ एण्ड एफ साइक्लिंग ग्रुपले आज ललितपुरको बुङ्गमती कार्यविनायकस्थित अपाङ्ग सेवा संघमा रहेका बालबालिकाहरूलाई खाजा वितरण गरेको छ |
उक्त कार्यक्रम राजुमान तथा करुणाको प्रायोजनमा उक्त साइक्लिंग ग्रुपको सहभागितामा सम्पन्न भएको छ l अपाङ्ग सेवा संघका प्रमुख श्री दयाराम महर्जनले आफ्नो संघमा स्थानीय बाहेक विभिन्न जिल्लाबाट जम्माजम्मी ७४ जमा रहेको बताए l आफ्नो संघमा त्यस्ता बालबालिकाहरूलाई अध्ययनका अलावा अतिरिक्त क्रियाकलापहरूको पनि प्रशिक्षण दिदै आएको पनि सुनाए l
रहरै रहरमा २/४ जना साथीहरू मिलेर साइक्लिंग यात्रा थालेको छोटो समयमैं ठूलो समूह बन्दै गएपछि संस्थागत रूपमा हालसालै दर्ता पनि गरिसकेको ग्रुपका अध्यक्ष1 सुमन श्रेष्ठले हामीलाई जानकारी गराए l “साइकल चलाऔं र स्वस्थ बनौं” भन्ने नाराका साथ अगाडि बढेको यो ग्रुपमा महिला र पुरुष गरी १५० जनाभन्दा बढीको समूह बनाई सकेको महासचिव राजुमान महर्जनले सुनाए l
प्रतिक्रिया