logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • नेपाल फर्निचर फ्याक्ट्रीको चौंथो शाखा पोखरामा

    • Heralo Reporter Heralo Reporter
    • ११ मंसिर २०८१ मंगलवार
    नेपाल फर्निचर फ्याक्ट्रीको चौंथो शाखा पोखरामा

    पोखरा , हेरालाे खबर

    नेपाल फर्निचर फ्याक्ट्री प्रा.लि.ले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखरा ५ पर्स्याङमा विस्तारित नयाँ शाखाको सोमबार उद्घाटन भएको हो । झण्डै १२ वर्षदेखि काठमाडौँबाट सेवा दिदै आएको नेपाल फर्निचर फ्याक्ट्रीले पोखरामा नयाँ शाखा विस्तार गरी आफ्नो सेवा क्षेत्र थप फैलाएको हो । फ्याक्ट्रीका चितवन र बुटबलमा पनि शाखाहरु पनि छन् ।

    पोखरा शाखाको उद्घाटन गर्दै सञ्चारकर्मी तथा नेपाल फर्निचर फ्याक्ट्रीका ब्रान्ड एम्बेसडर अपिल त्रिपाठीले नेपाल फर्निचरको प्रवर्द्धनमा सहयोग पुग्याउने उद्देश्यले आधिकारिक रूपमा जोडिन पाउदा खुशी व्यक्त गरे ।

    उनले ग्राहकलाई गुणस्तरीयता र सुलभ मुल्यमा सम्झौता नगरिकन प्रतिष्पर्धामा खरो उत्रेर व्यवसायलाई अगाडी बढाउन सुझाव दिए । कम्पनीले पोखराको प्रतिस्पर्धात्मक बजारमा आफ्नो स्थान मजबुत बनाउन सकोस भन्ने उनको शुभेच्छा छ ।

    यस फ्याक्ट्रीको पोखरा शाखामा मात्रै १ करोड रुपैयाँ भन्दा बढी लगानी भएको नेपाल फर्निचर फ्याक्ट्रीका सञ्चालक सुजन अधिकारीले जानकारी दिए । उनका अनुसार पोखरामा ग्राहकलाई नेपालमा नै उत्पादित सबै प्रकारका फर्निचरका सामानहरु उपलब्ध गराइनेछन् ।

    नेपाल फर्निचर फ्याक्ट्रीमा सोफा, बेड, दराज, डाइनिङ टेबुल लगायतका विभिन्न डिजाइनका फर्निचर उपलब्ध छन् । ग्राहकले आफ्ना कोठाको साइज र डिजाइन अनुसार पनि फर्निचरका सामाग्रीहरु अर्डर गरेर चाहेअनुसारको सेवा लिन सक्नेछन् । कम्पनीले सुलभ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको सञ्चालक अधिकारीले बताए ।

    नेपाल फर्निचर फ्याक्ट्रीका चार वटै शाखाहरुमा सय भन्दा बढी व्यक्तिहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । उद्घाटनको अवसरमा कम्पनीले यस महिना फर्निचर सामाग्री खरिद गर्नेलाई ५ देखि २५ प्रतिशतसम्मको छुट पनि दिने घोषणा गरेको छ ।

    नेपाल फर्निचर फ्याक्ट्रीको पोखरामा शाखा विस्तारले यहाँका ग्राहकलाई उच्च गुणस्तरीय र सुलभ मूल्यका फर्निचर उपलब्ध गराउने विश्वास गरिएको छ । यसले स्थानीय रोजगारी सिर्जना गर्न र प्रतिस्पर्धात्मक बजारमा आफ्नो स्थान बलियो बनाउन मद्दत गर्नेछ ।



    Heralo Reporter Heralo Reporter    
  • ११ मंसिर २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP