logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • एनएमबि लघुवित्त बझाङ चैनपुरले गर्याे ग्राहक केन्द्रीत वित्तीय साक्षरता

    • heralokhabar heralokhabar
    • २२ माघ २०८१ मंगलवार
    एनएमबि लघुवित्त बझाङ चैनपुरले गर्याे ग्राहक केन्द्रीत वित्तीय साक्षरता

    २२ माघ, हेरालाे खबर, बझाङ । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा न. ९ मा रहेको एन्एमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय चैनपुरले ग्राहक केन्द्रित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ।   चैनपुर शाखा कार्यालयले पुस १६ गते देखि हाल सम्म उक्त कार्यक्रम संचाल्न गर्दै आईरहेको छ।

    उक्त अभियानमा कर्जाको आवश्यकता ,बचत को प्रकार,बचत तथा कर्जाको फाईदा तथा बेफाइदा ,कर्जा लिदा ध्यान दिनपर्ने कुराहरु,कर्जा सदुपयोगिता,बिमा, सेवा ,पासबुकको प्रयोग , एम पासबुकको महत्त्व र फाईदा, नगद जम्मा भौचरको महत्त्व , केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएत विषयमा सचेतनामुलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहक माझ वित्तीय चेतना बढेको शाखा कार्यालय चैनपुरमा कार्यरत कर्मचारी सन्ताेषि धामी ले जानकारी दिनु भयो। कार्यक्रममा सहभागीहरूले यस्तो साक्षरताले आफूहरूको वित्तीय निर्णय क्षमतामा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्। ग्राहकहरूले पासबुक र एम-पासबुकको महत्त्वबारे जानकारी प्राप्त गर्नु निकै उपयोगी भएको प्रतिक्रिया दिएका छन्।

    उक्त नगरपालिका वडा न. ३, ७, ८, ९, १०, ११ का करिब ४०० घर धुरिलाई सेवा दिदै आएको यस एनएमबि लघुवित शाखा कार्यालय चैनपुरले बझाङ जिल्ला को जयपृथ्वी नगरपालिका , छविसपाथिभेरा गाउँपालिका,सुर्मा गाउँपालिका,मष्टा गाउपालिका , तलकाेट गाउपालिकार जयपृथ्वी नगरपालिकामा आफ्नो कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ ।गन्डकी प्रदेश को पोखरा महानगरपालिका वडा n. ८ न्युरोड कास्कि मा केन्द्रिय कार्यालय रहेको यस लघुवित्तका ७ वटा प्रदेशमा १४८ वटा शाखा कार्यालय रहेका छ्न।



    heralokhabar heralokhabar    
  • २२ माघ २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP