logo
  • ९ पुष २०८२, बुधबार | Wed, 24 Dec 2025
  • आज गण्डकी प्रदेशकाे उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

    • Heralo Reporter Heralo Reporter
    • १४ मंसिर २०८१ शुक्रबार
    आज गण्डकी प्रदेशकाे उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

    पाेखरा , हेरालाे खबर

    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा गण्डकी, कोशी र बागमती  प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

    आज राति गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

    गण्डकी प्रदेशकाे उच्च पहाडी तथा हिमाली भागका एक-दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आगामी २४ घण्टामा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट पर्यटन तथा पर्वतारोहणमा आंशिक असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्क रहन अनुरोध गरेको छ ।



    Heralo Reporter Heralo Reporter    
  • १४ मंसिर २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP