logo
  • १२ आश्विन २०८३, सोमबार | Mon, 28 Sep 2026
  • मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलको ट्रफी सार्वजनिक

    • heralokhabar heralokhabar
    • १२ आश्विन २०८३ सोमबार
    मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलको ट्रफी सार्वजनिक

    हेरालाे खबर

    बुटवल। दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ को ट्रफी सार्वजनिक गरिएको छ ।

    मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा सोमबारदेखि बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा सुरु हुने प्रतियोगिताअघि बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले ट्रफी सार्वजनिक गरिन् ।

    ट्रफी सार्वजनिक गर्दै उपप्रमुख अर्यालले अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको माध्याबाट बुटवललाई खेलकुद पर्यटनको रुपमा चिनाउन सहयोग पुग्ने बताइन् ।

    कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले जननेता मदन भण्डारीको नाममा आयोजना गरिन लागिएको यस प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको उच्च स्तरको प्रदर्शन रहने बताए । प्रतियोगिताको उद्घाटन दिउँसो ३ः०० बजे पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् । असोज १७ गतेसम्म चल्ने प्रतियोगितामा स्वदेशी र विदेशका गरी आठ टोलीको सहभागिता रहने छ ।

    प्रतियोगितामा नेपालबाट विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपीएप क्लब, मणिमुकुन्द भलिबल क्लब, सभापोखरी भलिबल क्लब र गल्कोट भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । यस्तै विदेशी टोलीमा भारतका गुजराज स्टेट भलिबल एसोसियसन र खैरा क्लब पन्चाब तथा श्रीलंकन पुलिस टिम रहेको छ ।

    प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह चरणबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल विजेताबीच उपाधि भिडन्त हुनेछ ।

    प्रतियोगिताको विजेता टोलीलाई रनिङ्ग शिल्डसहित सात लाख रुपैयाँ, उपविजेतालाई तीन लाख ५० हजार रुपैयाँ, तेस्रो हुनेलाई एक लाख ७५ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार स्वरुप ७५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
    यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, ब्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही आठ हजार नगदसहित सम्मान गरिनेछ ।

    प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष आचार्यले बताए । प्रतियोगितामा सहभागि आठ वटै टोली बुटवल आईपुगिसकेको पनि आयोजकले जनाएको छ ।
    ट्रफी सार्वजनिक कार्यक्रममा नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाह, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका उपाध्यक्ष मोहन रेग्मी, गणेश ठगुन्नालगात पदाधिकारीको उपस्थिति रहेको थियो ।



    heralokhabar heralokhabar    
  • १२ आश्विन २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP