logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • आदिवासी जनजाति चलचित्र महोत्सव २०८२ आउँदो असार ६ देखि ८ गतेसम्म आयोजना हुने

    • heralokhabar heralokhabar
    • ५ असार २०८२ बिहीबार
    आदिवासी जनजाति चलचित्र महोत्सव २०८२ आउँदो असार ६ देखि ८ गतेसम्म आयोजना हुने

    काठमाडौ | आदिवासी जनजाति चलचित्र महोत्सव २०८२ आउँदो असार ६ देखि ८ गतेसम्म आयोजना हुने भएको छ।

    आदिवासी जनजाति चलचित्र महासङ्घका काकार्यबाहक अध्यक्ष भुइसल लामा अनुसार ‘आदिवासी जनजाति चलचित्र प्रवर्द्धन, मौलिक भाषा संस्कृतिको संरक्षण’ भन्ने मूल नाराका साथ सो कार्यक्रम आयोजना हुन लागेको छ।

    उहाँले महोत्सवमा उत्कृष्ट चलचित्र, निर्देशक, पटकथाकार, छायाकार, लघु चलचित्र, वृत्तचित्र, पब्लिक चोइस् अवार्ड र जुरी प्रोत्साहन लगायतका विधामा प्रतिस्पर्धा गराइ प्रोत्साहन पुरस्कार प्रदान गरिने छ।

    उहाँले नेपाल एक बहुभाषी, बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक राज्य भएको भन्नुहुँदै मुलुकको अर्थतन्त्र बलियो बनाउँदै राष्ट्रको पहिचान जोगाउने अठोटका साथ आदिवासी जनजातिले चलचित्र निर्माण गर्ने गरेको महोत्सव निर्देशक प्रतिमाया पुनले बताउनुभयो।

    उहाँले चलचित्रका माध्यमबाट आदिवासी जनजातिको मौलिक कला–संस्कृति, धाषा, धर्म, परम्परा, प्रथाहरुको दस्तावेजीकरण, संरक्षण, प्रवद्र्धनका साथै पर्यटन विकासका लागि पाँचौं आदिवासी जनजाति चलचित्र महोत्सव २०८२ सम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहयोग गर्ने लक्ष्य लिइएको निर्देशक पुनको भनाइ छ।



    heralokhabar heralokhabar    
  • ५ असार २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP