logo
  • २७ मंसिर २०८२, शनिबार | Sat, 13 Dec 2025
  • पाञ्चायन महिला बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गरि तीज मनाए

    • heralokhabar heralokhabar
    • ७ भाद्र २०८२ शनिबार
    पाञ्चायन महिला बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गरि तीज मनाए

    हेरालो खबर
    संस्थाले भक्तपुरमा एक कार्यक्रम गरि रमाइलो गरि तीज मनाएको हो । कार्यक्रममा कविता र गीत प्रतियोगिता लगायतका कार्यक्रम गरि मनाएका हुन ।
    हरे वर्ष तीज कार्यक्रम गरि मनाउँदै आएका यस संस्थाले यस वर्ष पनि संस्थामा रहेका माहिला दिदी बहिनी एक ठाउँमा जम्मा भएर एक अपसामा शुभकामना आदान प्रदान गरि मनाए । अगामी वर्ष थप सशक्त रुपमा मनाउँदै लैजाने संस्थाको अध्यक्षले जनकारी दिए ।
    हरितालिकाको लोक प्रसिद्ध नाम तीज हो। हरितालिका तीज विशेष गरी नारीहरूले मनाउने सनातन पर्व हो। धार्मिक रूपमा तीज अन्तर्गत उमा महेश्वरको पूजा गरी निराहार व्रत बस्ने र भोलिपल्ट व्रतको पारण गरेर भोजन गर्ने सम्मका कृत्यहरू पर्दछन्। तीजमा निराहार व्रत बसी पार्वतीसहित भगवान् शिवको पूजा–आराधना गर्ने विधान छ। यसका साथै हरितालिका तीजमा दरका रूपमा विशेष खानपान, नाचगान र मनोरञ्जन गरि मनाउने गर्दछ ।
     हरितालिका तीज भाद्र महिनाको शुक्ल पक्षको तृतीयालाई हरि तालिका भनिन्छ । ‘हरित’को अर्थ हरण गरिएको र ‘आलिका’को अर्थ साथी हुन्छ। पौराणिक प्रसङ्गअनुसार भाद्र शुक्ल तृतीयाको दिन पर्वतराज हिमालयकी सुपुत्री पार्वतीलाई विष्णुसँग निश्चय गरिएको विवाहबाट जोगाउन उनका सखीहरूले हरण गरेर लुकाएका कारण यस दिनलाई हरि तालिका भनिएको हो।



    heralokhabar heralokhabar    
  • ७ भाद्र २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP