logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • अखिल क्रान्तिकारी)पशुपति बहुमुखी क्याम्पस समितिको अध्यक्ष मगरले गरे सभापतिको उम्मेदवारी दर्ता

    • heralokhabar heralokhabar
    • २२ फाल्गुन २०८१ बिहीबार
    अखिल क्रान्तिकारी)पशुपति बहुमुखी क्याम्पस समितिको अध्यक्ष मगरले गरे सभापतिको उम्मेदवारी दर्ता

    अखिल क्रान्तिकारी)पशुपति बहुमुखी क्याम्पस समितिको अध्यक्ष मगरले गरे सभापतिको उम्मेदवारी दर्ता

    काठमाडौं नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)पशुपति बहुमुखी क्याम्पस समितिको अध्यक्ष अर्जुन घर्ति मगरले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । आगामी चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा सभापतिका लागि उनले उम्मेदवारी दर्ता गराएका हुन् । हक, हित र अधिकारको रक्षा गर्दै गुणस्तरीय तथा समान पहुँचयुक्त शिक्षा सुनिश्चित गर्ने प्रतिबद्धतासहित उम्मेदवारी दर्ता उनले बताएका छन् । घर्ति मगरले वैज्ञानिक, गुणस्तरीय, र सर्वसुलभ शिक्षाको सुनिश्चितता, शिक्षाको व्यापारीकरण अन्त्य गर्दै निःशुल्क तथा सुलभ शिक्षा व्यवस्था लागू गर्न दबाब सिर्जना गर्ने बताएका छन्। उनले क्याम्पसमा छात्रवृत्ति, पुस्तकालय, र प्रयोगशाला सुविधाहरूलाई प्रभावकारी बनाउने, भ्रष्टाचार, अनियमितता तथा शैक्षिक संस्थामा हुने ढिलासुस्तीको अन्त्य गर्न विशेष पहल गर्ने एजेन्डा रहेको बताएका छन् ।उनले आगामी ५ गते हुने निर्वाचनमा विद्यार्र्थी कमरेडहरुको सल्लाह, सुझाव सहित अमुल्य मत को अपेक्षा गरेको बताएका छन् ।



    heralokhabar heralokhabar    
  • २२ फाल्गुन २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP