हेरालाे खबर
एजेन्सी – विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको तेस्रो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ ।
नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार आइतवार साँझ ८ः४५ बजे किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ ।
त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग हार बेहोरेको थियो ।
नेपाल यसअघिको खेलमा क्यानडासँग कमजोर ब्याटिङका कारण पराजित भएको थियो । यो खेलमा अघिल्लो खेलको कमजोरीलाई सुधार गर्ने प्रयासमा नेपाली टोली रहनेछ ।
क्यानडालाई हराउँदै लिग टुमा नेपाल दोस्रो जित दर्ता गराउँन चाहन्छ । लिग टुको अंक तालिकामा नेपाल ६ खेलमा २ अंकका साथ तालिकामा पुछारबाट दोस्रो स्थानमा छ ।
क्यानडा १० खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ । त्रिकोणात्मक ओडिआई सिरिज असोज १० सम्म हुनेछ। त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको चौथो खेल असोज ८ गते ओमानविरुद्ध रहेको छ ।
ओडिआई सिरिज सकिए पछि तीन टोलीबीचमा नै टि ट्वान्टी आई सिरिज हुनेछ । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ । त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली अमेरिका जानेछ ।
प्रतिक्रिया