logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • पाेखरा नवलपुर सम्पर्क समाजको अध्यक्षमा ईश्वर श्रेष्ठ निर्वाचित

    • Heralo Reporter Heralo Reporter
    • १७ आश्विन २०८१ बिहीबार
    पाेखरा नवलपुर सम्पर्क समाजको अध्यक्षमा ईश्वर श्रेष्ठ निर्वाचित

    पोखरा , हेरालाे खबर

    पाेखरा नवलपुर सम्पर्क समाजको अध्यक्षमा ईश्वर श्रेष्ठ निर्वाचित भएका छन् । समाजको बिहिबार सम्पन्न दाेस्रेा साधारणसभा तथा प्रथम अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

    यसैगरी उपाध्यक्षमा मणि प्रसाद डुम्रे , मिन बहादुर भण्डारी , सचिवमा शिब प्रसाद न्याैपाने ,कोषाध्यक्षमा पूर्णकला रिजाल सहसचिवमा तारा प्रसाद श्रेष्ठ रहेका छन्

    सदस्यहरुमा बाल प्रसाद श्रेष्ठ ,टकमाया रानामगर , शान्ति पाण्डे चालिसे , शुशिला देबि भण्डारी , निर्मला बास्ताकाेटि सर्वसम्मत चयन भएका छन्।

    उक्त कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा नवलपुर सम्पर्क समाजका सल्लाहकार डा. पदम श्रेष्ठले ब्यानरमा हस्ताक्षर गरेर सुरु भएको थियो।

    कार्यक्रममा बोल्दै श्रेष्ठले“ नवलपुरबाट अस्थाई वा स्थाई रुपमा पोखरा बसोबास गर्दै आएका व्यक्तीहरुको सुख र दुःखमा साथ दिने उचित कार्यलाई हौसला प्रदान गर्ने र नराम्रा कार्यलाई खबरदारी गर्ने साझा संस्था रहेको बताएका थिए। यो समाज नितान्त समाज र सामाजिक दायित्व बोकेर अगाडि बढ्ने जानकारी समेत दिएका थिए। कुनै पनि सल्लाह तथा सहयोगको लागी आफू अग्रसर समेत रहेको बताए। उनले आफूले विगतदेखि नै नियालीरहेको भन्दै आगामी थप रचनात्मक काम गर्ने विश्वास व्यक्त गरे ।

    कार्यक्रमकाे बिशिष्ट अतिथि गडपति माईक्रफाईनान्सका सिईअाे बिष्णु ढकालले नवलपुरबासिलाई परेको प्रत्येक दुःखमा साथ दिन आफू तयार रहेको स्पष्ट पारे ।

    त्यसै गरी ई.ओम शर्माले यो संस्था मात्र एउटा राजनैतिक नभई सामाजिक भावना र भाइचारा सद्भावको लागि बनाइएको संगठन भएको हुँदा आफ्नो व्यक्तीगत स्वार्थलाई त्यागी सामाजिक कार्यक्रममा जुट्न नव मनोनित सदस्यहरुलाई आग्रह गरेका थिए।

    निर्वाचित अध्यक्ष ईश्वर श्रेष्ठले पोखरा नवलपुर सम्पर्क समाजका सदस्यहरुलाई आफूलाई विश्वास गरि मनोनित गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दै कार्यसमितिलाई आफूले एकताबद्ध बनाएर समाजको प्रगतिको लागि सदैब अग्र्रसर रही काम गर्ने बताएका थिए।



    Heralo Reporter Heralo Reporter    
  • १७ आश्विन २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP