logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • युनाईटेडको तेस्रो जित

    • Heralo Reporter Heralo Reporter
    • ४ कार्तिक २०८१ आईतवार
    युनाईटेडको तेस्रो जित

    एजेन्सी – इंग्लिस प्रिमियर लिग( इपिएल) मा म्यानचेस्टर युनाइटेडले सिजनको तेस्रो जित हासिल गरेको छ । आठौं खेलमा तेस्रो जित हात पार्ने क्रममा युनाईटेडले ब्रेन्टफर्डविरुद्ध २-१ को जित निकालेको हो ।

    शनिवार घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाईटेडलाई जित दिलाउन अलेजान्द्रो गार्नाचो र रास्मस होएलन्डले गोल गरे । भ्रमणकारी टोलीका लागि इथन पिनोकले गोल गरे ।

    खेलमा सुरुवाती अग्रता भने ब्रेन्टफर्डले लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा पिनोकको गोलमा ब्रेन्टफर्डले अग्रता लिएको थियो । दोस्रो हाफ सुरु हुने बित्तिकै ४७ औं मिनेटमा गार्नाचोले युनाइटेडका लागि बराबरी गोल गरे । होएलन्डले ६२औं मिनेटमा गोल गर्दै युनाइटेडलाई जित दिलाए ।

    जितसँगै आठ खेलमा ११ अंक जोडेको युनाइटेड १०औं स्थानमा छ । पराजित ब्रेन्टफोर्ड समान खेलबाट १० अंकका साथ १३औं स्थानमा छ ।



    Heralo Reporter Heralo Reporter    
  • ४ कार्तिक २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP