logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • स्पेनमा बाढी वितण्डा : कम्तीमा १५८ जनाको मृत्यु, राष्ट्रिय शोकको घोषणा

    • Heralo Reporter Heralo Reporter
    • १६ कार्तिक २०८१ शुक्रबार
    स्पेनमा बाढी वितण्डा : कम्तीमा १५८ जनाको मृत्यु, राष्ट्रिय शोकको घोषणा

    पाेखरा , हेरालाे खबर

    स्पेनमा बुधबार आएको बाढीका कारण बिहीबारसम्ममा कम्तीमा १५८ जनाको मृत्यु भएको स्पेनी अधिकारीले पुष्टि गरेका छन् ।

    स्पेनले बाढीका कारण ज्यान गुमाएका व्यक्तिको सम्मानमा तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । अधिकारीहरूले बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेका छन्।

    भूमध्यसागरमा मङ्गलबारदेखि आएको असाधारण आँधीका कारण भारी वर्षा हुनुका साथै माटोले भरिएको पानीको बहाव (बाढी)ले मानिसहरूलाई बगाएको छ भने घरहरू भत्किएका छन् ।

    बाढीका कारण पूर्वी भ्यालेन्सिया क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ।

    भ्यालेन्सिया क्षेत्रमा उद्धार कार्यको समन्वय गर्ने निकायले बिहीबार दिउँसोसम्म त्यहाँ १५५ जनाको शव फेला परेको जानकारी गराएको छ ।

    क्यास्टिला-ला मञ्च र अन्डालुसियाका अधिकारीले बुधबारको बाढीका कारण आफ्नो क्षेत्रमा तीन जनाको मृत्यु भएको घोषणा गरेका छन् ।

    अझै धेरै मानिस हराइरहेका र केही क्षेत्र उद्धारकर्ताको पहुँचबाहिर रहेकाले सरकारका मन्त्रीहरूले मृत्युसङ्ख्या अझै बढ्नसक्ने बताएका छन्



    Heralo Reporter Heralo Reporter    
  • १६ कार्तिक २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP