पोखरा , हेरालाे खबर
डेंगु संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ । ५२ वर्षकी एक महिलाको फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बिहीबार बिहान अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको हो ।
डेंगुका कारण यो वर्ष गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि तनहुँमा २ जनाको मृत्यु भएको थियो ।
प्रदेशमा तनहुँमा सबैभन्दा धेरै ८४८ जना डेंगु संक्रमित छन् । प्रदेशका ११ मध्ये मुस्ताङबाहेक १० जिल्लामा डेंगु सक्रमण देखिएको छ । ४ दिनमा मात्र प्रदेशका १० जिल्लामा सात सय १५ जनामा संक्रमण देखिएको छ ।
प्रदेशमा संक्रमितको संख्या २ हजार ८४ पुगेको छ । २८ साउनमा यो संख्या एक हजार ३६९ थियो । २९ गते एक हजार ७७२ र ३० गते एक हजार ९०८ रहेकामा ३१ गते दुई हजार ८४ पुगेको हो ।
प्रतिक्रिया