logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • पोखरा महानगरपालिका वडा नं. ५ ले सामुदायिक विद्यालयमा सेनिटरी प्याड वितारण

    • Heralo Reporter Heralo Reporter
    • ३२ श्रावण २०८१ शुक्रबार
    पोखरा महानगरपालिका वडा नं. ५ ले सामुदायिक विद्यालयमा सेनिटरी प्याड वितारण

    पाखरा , हेरालाे खबर

    पोखरा महानगरपालिका वडा नं. ५ ले सामुदायिक विद्यालयमा सेनिटरी प्याड वितारण गरेको छ । वडामा भएका श्री बाराही मा.वि. र धर्मस्थली आधारभुत विद्यालयमा कुल तीन हजार छ सय चालीस सेनिटरी प्याड वितारण गरेको हो ।

    सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारीका कारण विद्यालयमा अनुपस्थित नहुन र विद्यालयमा भएको समयमा महिनावरी भएमा समस्या नहोस भनि प्याड वितरण गरेको पोखरा महानगरपालिका वडा नं. ५ का अध्यक्ष विष्णु प्रसाद बरालले बताए ।

    सामुदायिक विद्यालय प्रति वडा कार्यालयको अझ बढी जिम्मेवारी भएको र विद्यालयमा अध्ययनरत छात्राहरुको स्वास्थ्यलाई ध्यानमा राखी सेनिटरी प्याड वितरण गरेको वडा सदस्य हरिमाया विश्वकर्माले बताइन ।
    कार्यक्रममा जनप्रतिनिधी, विद्यालयका प्रतिनिधी स्थानियहरुको उल्लेखनिय सहभागिता थियो



    Heralo Reporter Heralo Reporter    
  • ३२ श्रावण २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP