पोखरा , हेरालाे खबर
खेलकुद विकास मञ्च पोखराको आयोजनामा भएको मैत्रीपूर्ण फुटबल खेलको उपाधि खेल पत्रकारले चुमेका छन् ।
पोखरा रंगशालामा शनिबार भएको खेलमा खेल पत्रकारको टिमले खेलकुद विकास मञ्चको टोलीलाई ५-३ गोलअन्तरले पराजित गरेको हो ।
खेलको सुरुआतमै १-० ले पछि परेको खेल पत्रकारको टिमले उत्कृष्ट प्रदर्शन गर्दै ५-३ को जित हासिल गरेको हो ।
पत्रकारको जितमा निकोलस गुरुङले ह्याट्रिक गरे । यस्तै शिवजंग क्षेत्री र साजन गुरुङले समान १-१ गोल गरे ।
मञ्चका लागि विरेन पुलामी मगर र अनुकार मगर र विक्रम थापा (म्याक्सवेल) ले समान १-१ गोल गरे ।
खेलको सर्वोत्कृष्ट खेलाडी खेलकुद विकास मञ्चका कप्तान व्रिकम थापा घोषित हुनु भएकाे थियाे । भने उदीयमान खेलाडी पनि मञ्चकै राजु पुलामी मगरले हात पर्नु भएको थियोे । उत्कृष्ट गोलरक्षकको उपाधि खेल पत्रकार टिमका प्रकाश अधिकारीले हात पारे ।
उत्कृष्ट डिफेन्डर प्रवेश पोखरेल र उच्चगोल कर्ता खेल पत्रकारकै निकोलस गुरुङले हात पारे ।
गत वर्ष भएको मैत्रीपूर्णमा खेलकुद विकास मञ्चले उपाधि चुमेको थियो ।
प्रतिक्रिया