हेरालाे खबर
एजेन्सी – खेलको टेस्ट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको बंगलादेशविरुद्ध घरेलु टोलीले मध्यम ब्याटिङ सुरुवात गरेको छ ।
पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन बुधवारको खेल सकिदा ४१ ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको छ ।
वर्षाका कारण ढिला सुरु भएको खेलमा पाकिस्तानका लागि साउद सकिल ५७ र मोहम्मद रिजवान २४ रनमा अविजित रहेका छन् । ओपनर सइम अयुबले ९८ बलमा ५६ तथा कप्तान शान मक्सुदले ६ रन जोडे
बंगलादेशका लागि हसन महमुद र शरिफुल इस्लामले समान २ विकेट लिए । दुवै टोलीबीचको दोस्रो टेस्ट ३० अगस्टबाट रहेको छ ।
प्रतिक्रिया