logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

    • heralokhabar heralokhabar
    • १३ भाद्र २०८१ बिहीबार
    चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

    काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

    चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि लागि तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस भएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार डिसीसँगै, दीपा पाण्डे र राजेश थापाको नाम पनि सिफारिस भएको थियो ।

    बोर्डको अध्यक्षका लागि बोर्डको अध्यक्षका लागि अभिनेत्री करिश्मा मानन्धरले पनि आवेदन दिएकी थिइन् । यद्यपी उनले ३ जनाको सर्टलिस्टमा पर्न सकिनन् ।

    आवेदन दिएका मध्ये सिफारिस भएका ३ जनासँगै मानन्धर, प्रकाश भट्टराई र अर्जुनकुमार डंगोलसहित ६ जनाको आवेदन स्वीकृत भएको थियो ।

     



    heralokhabar heralokhabar    
  • १३ भाद्र २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP