हेरालाे खबर
ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ‘ताप्लेजुङ गोल्डकप’को उपाधि सलहेश युवा क्लब सिराहाले हात पारेको छ। शनिबार सम्पन्न फाइनल खेलमा ललितपुरको चर्च ब्वाइज युवा क्लबलाई २–० गोलअन्तरले हराउँदै सिराहालेले उपाधि चुम्न सफल भयो।

गत वर्षको उपविजेता टिम सलहेशले उत्कृष्ट खेल प्रदर्शन गर्दै यसपटक उपाधि जित्न सफल भएको हो। खेलको ७९ औं मिनेटमा सुनिल खड्काले पहिलो गोल गरेपछि खेलमा निर्णायक मोड आएको थियो। त्यसपछि दोस्रो हाफमा थप एक गोल गर्दै सिराहाले खेललाई अन्तिम रूप दिएको हो।
प्रतियोगितामा विजेता बनेको सलहेश युवा क्लबले नगद सात लाख दुई हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता चर्च ब्वाइज युवा क्लबले भने नगद तीन लाख अन्ठाउन्न हजार रुपियाँ प्राप्त गरेको आयोजक समितिले जानकारी दिएको छ।
प्रतिक्रिया