खुलेकाे हिमालले दर्शनार्थीलाई आकर्षण गरेकाे छ । विशेष गरि बाला चर्तुदशीमा स्याङजा, कास्की,पर्वत, तनहुँ लगायतका छिमेकी जिल्लाबाट पनि दर्शनार्थीहरु सतविज छर्न पञ्चासे पुग्ने गर्छन् ।
धार्मिक स्थलका रुपमा प्रख्यात पञ्चासे मन्दिर पुग्न उकालाे पैदलमार्ग जानुपर्ने भए पनि दर्शनार्थीहरु बाटाे-बाटाेमा प्राकृतिक साैन्दर्य र मनमाेहक हिमालका दृश्यहरुसँगकाे तस्वीर र भिडियाे कैद गर्दै हिड्छन्, भने अन्तिम गन्तव्य पञ्चासे मन्दिर पुगेपछि त्यहाँकाे रमणीय र लाेभलाग्दा दृश्यले सबै थकान मेटिएकाे आभास गर्छन् ।
पञ्चासे क्षेत्र धार्मिक पर्यटनका हिसाबले महत्त्वपूर्ण त छ नै, यस बाहेक यहाँ पाइने सयौँ प्रकारका जडीबुटीहरू, पोखराको लाइफ लाइनका रूपमा रहेको फेवातालको प्रमुख स्रोतका रूपमा समेत मानिन्छ ।
सप्तऋषि मन्दिर ,सप्तयोगि समाधी
पोखरा-१८,सराङ्कोट,पदेली मा पाेखराकाे मुटु यहाँ विभिन्न शिवकाे मन्दिर पन्चमुुखे गणेशकाे मन्दिर काे साथै यहाँ विभिन्न धार्मिक तथा पयटन स्थल र आस्थाकाे स्थलकाे रूपमा परिचत छ ।
पञ्चासे क्षेत्र र सराङकाेट धार्मिक र जैविक विविधताको प्रचुर सम्भावना बोकेको क्षेत्र हाे । यसको संरक्षण, विकास र प्रवद्र्धनमा सबै जुट्नु आवश्यक छ ।
प्रतिक्रिया