logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • जीप दुर्घटनामा मृत्यु हुनेकाे संख्या पाँच पुग्याे

    • Heralo Reporter Heralo Reporter
    • २७ मंसिर २०८१ बिहीबार
    जीप दुर्घटनामा मृत्यु हुनेकाे संख्या पाँच पुग्याे

    जाजरकोट , हेरालाे खबर

    जाजरकोटमा गएराति भएकाे जीप दुर्घटनामा मृत्यु हुनेकाे संख्या पाँच पुगेकाे छ ।

    जिल्लाकाे नलगाड नगरपालिका वडा नं ५ कालीमाटीबाट वडा नं ३ कटकेतर्फ गइरहेको ग३च ९४४५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हाे।

    मृत्यु हुनेमा चालक नलगाड नगरपालिका वडा नं ३ का ३२ वर्षीय इन्द्रजित थापा छन् ।

    यस्तै यात्रुहरु ६५ वर्षीया शीला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र निजका छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले बताए ।

    घाइतेमध्ये एक जनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार जीप नलगाड नगरपालिका वडा नं ३ को बाँस्कुटी उकालोमा दुर्घटनामा परेको हो । जीप बाँस्कुटी घुम्ती नजिकबाट बिराखोलामा झरेको छ



    Heralo Reporter Heralo Reporter    
  • २७ मंसिर २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP