logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • एनएमबि लघुवित्तकाे नलाङ शाखाले गर्यो कर्जा तथा बचत ब्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम

    • heralokhabar heralokhabar
    • १२ पुष २०८१ शुक्रबार
    एनएमबि लघुवित्तकाे नलाङ शाखाले गर्यो कर्जा तथा बचत ब्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम

    पोखरा , हेरालाे खबर , पौष १२, एनएमबी लघुबित्त बित्तीय संस्था लि. को शाखा कार्यालय नलाङ धादिङ ले जिल्लाको निलकण्ठ नगरपालिका वडा नं-०७,पिपलछापमा सदस्यहरू बिचमा पौष ११ गते बिहिवार अन्तरक्रिया तथा बित्तिय साक्षरता कार्यक्रमको गरेको छ ।

    सम्पती तथा बचतमा हुने जोखीमलाई न्यूनिकरण गर्ने उद्देश्यले सञ्चालन गरेको कार्यक्रममा कर्जाको व्यवस्थापन, बचतको व्यवस्थापन, बचत व्यवस्थापन गर्दा हुने फाईदाहरु, डिजिटल बैंकिङ, भुक्तानी, संस्थाको एमपासबुक, एसएमएस सेवा, यसको प्रयोग र यसका फाईदा लगायतका विषयमा एनएमबी लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय नलाङ धादिङ शाखाका शाखा प्रमुख अर्जुन ढुङ्गानाले सहजीकरण गर्नुभएको थियो । लघुवित्तले यस अघि जिल्लाको सिद्धलेक, नीलकण्ठ नरपालिकाको विभिन्न वडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।

    धादिङकाे १ हजार भन्दा बढि घरधुरीलाई सेवा दिदै आएको यस लघुवित्तको नलाङ शाखाले जिल्लाको ज्वालामुखी, सिद्धलेक र नीलकण्ठ नगरपालिकालाई कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ ।पोखरा महानगरपालिका वडा नं.८ न्यूरोड कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले ७ वटै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय स्थापनागरि ६८ जिल्लामा १४८ वटा शाखा विस्तार गरी करिब एक लाख विस हजार विपन्न घरपरिवारलाई लघुवित्तले सेवा प्रदान गदै आएको छ ।



    heralokhabar heralokhabar    
  • १२ पुष २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP