logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • पोखरा-१६ स्थित विन्ध्यवासिनी माविको ७८औँ वार्षिकोत्सव

    पोखरा-१६ स्थित विन्ध्यवासिनी माविको ७८औँ वार्षिकोत्सव

    पोखरा , हेरालाे खबर

    पोखरा महानगरपालका वडा नं १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७८औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।

    कार्यक्रम उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समिति पूर्वअध्यक्ष ईन्द्रबहादुर बानियाले विद्यालयको शैक्षिक सफलतामा सबैको भूमिका महत्वपूर्ण रहेको बताए । विद्यालयको गरिमालाई थप उच्च बनाउन उनले आग्रह गरे ।

    कार्यक्रममा उत्कृष्ट बर्ष शिक्षकका रूपमा शारदा शर्मा बराल, अनिता कोइराला, निरू भण्डारी, सीमा थापा, एचओडी इञ्चार्जतर्फ खेमराज पौडेल, विशेष योगदानतर्फ निर्मल भण्डारी र कर्मचारीतर्फ महेन्द्र गुफाका सुरक्षा गार्ड राजुबहादुर सार्की, विद्यालय कर्मचारी विष्णुमाया घले सम्मानित भए ।

    यस्तै २५ बर्ष दीर्घसेवाबाट सहप्रधानाध्यापक रामबहादुर बानिया र ईन्दु भट्टराई, १० बर्ष सेवा सम्मानबाट पुनम शर्मा, शारदा बराल र पुनम आचार्य सम्मानित भए ।

    विद्यालयले उत्कृष्ट अभिभावकको रूपमा चनमाया राना, उत्कृष्ट वर्ष मनिटर लिमन राई र सुदीक्षा थापा, उत्कृष्ट बर्ष विद्यार्थीको रूपमा गणेश शर्मा सम्मानित भए ।

    उक्त अवसरमा कक्षा ८ महानगर स्तरीय परीक्षामा चार जीपीए ल्याउने र एसईई परीक्षामा ३दशमलव६ देखि चार जीपीए ल्याउन सफल विद्यार्थी र विषयगत शिक्षक सुशील देवकोटासहितका शिक्षकलाई सम्मान गरिएको छ ।

    यस्तै तोयानाथ श्याम तारा उत्कृष्ट शिक्षक सम्मान रामबहादुर बानिया र ईन्दु भट्टराईलाई प्रदान गरिएको विद्यालयले जनाएको छ ।

    विद्यालय व्यवस्थापन समिति सदस्य ईन्द्रप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री कुमार खड्का, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय प्रमुख गोविन्दप्रसाद पोखरेल, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, शिक्षक-अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेल, पूर्वअध्यक्ष चन्द्रा अधिकारी थापा, विद्यार्थी सदीक्षा अधिकारीलगायतले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए ।

    विद्यालयका प्रधानाध्यापक आचार्यले बार्षिक प्रतिवेदन पेस गरेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक रामबहादुर बानियाले गरेका थिए ।

    कार्यक्रममा विद्यार्थीले तामाङ सेलो, सखिया नाच, कौडा नृत्य, मारूनी, टप्पा नृत्यसहित झ्याउरे र भूमे नाच प्रस्तुत गरेका थिए ।



    Heralo Reporter Heralo Reporter    
  • २९ पुष २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP