logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • तीज पर्वले हुँदा खाने र हुने खाने बीचको विभेद हटाउनुपर्छ : सांसद पहारी

    • Heralo Reporter Heralo Reporter
    • १४ भाद्र २०८१ शुक्रबार
    तीज पर्वले हुँदा खाने र हुने खाने बीचको विभेद हटाउनुपर्छ : सांसद पहारी

    पोखरा , हेरालाे खबर

    गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले हुँदा खाने र हुने खाने बिचमा रहेको विभेद हट्ने गरी तीज पर्व मनाउनु पर्नेमा जोड दिएकी छन् ।

    पोखरा महानगरपालिका वडा नं ६ बैदामस्थित नमूना आमा समूहले १६औँ स्थापना दिवस तथा हरितालिका तीजको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सांसद पहारीले यस्तो बताएकी हुन् ।

    महिला दिदीबहिनी आत्मनिर्भर बन्नुपर्नेमा जोड दिँदै उनले चुला चौकामा मात्र सीमित नभई आफू आत्मनिर्भरसहित आर्थिक स्तर उकास्नका लागि अग्रसर बन्नुपर्ने खाँचो औंल्याइन् ।

    समाजका कुसंस्कृति र संस्कारलाई चिर्दै मौलिकता अँगाल्दै नेपाली पन झल्कने गरी तीज मनाउन उनले आग्रह गरिन् ।

    समूहकी सल्लाहकार गोमा ढकालले तीज पर्व मनाउने क्रममा यदाकदा हुने घटनाले समाजमा नकारात्मक धारणामा बन्ने गरेको भन्दै यसलाई चिरेर अघि बढ्नुपर्ने बताइन् ।

    समूहकी अध्यक्ष जुना अधिकारीको महिला दिदीबहिनीको हकहित लागि सदैव तयार रहने भन्दै दुःख, पिरमर्कालाई बिर्सने गरी तीज पर्व मनाउनु पर्नेमा जोड दिइन् ।

    सल्लाहकार गणेश पहारीले समाजमा मौलिक लोकसंस्कृति जगेर्ना गर्ने र गीतमार्फत युवामा सामाजिक सन्देश प्रवाह हुने गरी तीज मनाउनुपर्ने बताए ।

    पोखरा महानगरपालिका वडा नं ६ महिला समन्वय सञ्जालका अध्यक्ष बबीता मल्लले तीजलाई दिदीबहिनी हर बिचको मित्रताको माया बढाउने पर्वको रुपमा मनाउनुपर्नेमा जोड दिइन् ।

    समूहकी संस्थापक अध्यक्ष मीठुदेवी अधिकारीले भड्किलो रहित संस्कृतिको जगेर्ना हुने गरी तीज पर्व मनाउनु पर्ने स्पष्ट पारिन् ।

    समाजसेवी खिनी तिमिल्सिनले सामाजिक संस्कारको नाममा महिला दिदीबहिनी बिच हुने विभेदको अन्त्य गर्ने गरी तीज गीतमार्फत आवाज उठाउन सल्लाह दिइन् । कार्यक्रम सञ्चालन सदस्य पवित्रा कंडेलले गरेकी थिइन् ।



    Heralo Reporter Heralo Reporter    
  • १४ भाद्र २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP