हेरालाे खबर
काठमाडौं | काठमाडौंको सुकेधारास्थित ब्रुकलिन कलेज ले शैक्षिक सत्र २०८३ का नवप्रवेशी विद्यार्थीहरूलाई लक्षित गर्दै भव्य रूपमा अभिमुखीकरण कार्यक्रम २०८३ सम्पन्न गरेको छ।

कार्यक्रमको अध्यक्षता ब्रुकलिन एजुकेसन फाउन्डेसनका अध्यक्ष डा. खिला नाथ सापकोटा ले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन कलेजका प्राध्यापक किरण खड्का ले गर्नुभएको थियो।
कार्यक्रममा विशेष अतिथिका रूपमा प्रेरणादायी वक्ता, लेखक तथा अनुसन्धानकर्ता प्रकाश विकल्प, ब्रुकलिन कलेजका पूर्वविद्यार्थी तथा शिक्षण एवं निर्माण व्यवसायसँग आबद्ध इन्जिनियर सन्तबहादुर शाही, मेडिसिटी अस्पतालमा कार्यरत वरिष्ठ नर्स तथा पूर्वविद्यार्थी कविता बुढाथोकी, युवा उद्यमी तथा पूर्वविद्यार्थी सुदीप राज पुरी, साथै ओखलढुङ्गाको सुनकोशी कालिका क्याम्पसका क्याम्पस प्रमुख जितेन्द्र बहादुर शाही को उपस्थिति रहेको थियो।

त्यसैगरी कलेजका प्राचार्य हरि बहादुर माझी, शैक्षिक निर्देशक सुज्योति श्रेष्ठ, प्राध्यापकहरू, कर्मचारीहरू, अभिभावकहरू तथा नवप्रवेशी विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवात अतिथिहरूको स्वागत तथा आसन ग्रहणसँगै गरिएको थियो। स्वागत स्वरूप अतिथिहरूलाई खादा र माला प्रदान गरिएको थियो। त्यसपछि औपचारिक रूपमा कार्यक्रमको उद्घाटन गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूलाई शैक्षिक जीवनमा अनुशासन, परिश्रम र सकारात्मक सोचका साथ अगाडि बढ्न प्रेरित गरेका थिए। उनीहरूले उच्च शिक्षा हासिल गर्दै आफ्नो क्षमता विकास गर्न, नेतृत्वदायी भूमिका निर्वाह गर्न तथा समाजप्रति उत्तरदायी नागरिक बन्न सुझाव दिएका थिए।
विशेष अतिथिहरूले आफ्ना अनुभवहरू साझा गर्दै विद्यार्थीहरूलाई भविष्यप्रति आशावादी रहन, अवसरहरूको सदुपयोग गर्न र जीवनका चुनौतीहरूलाई आत्मविश्वासका साथ सामना गर्न प्रेरित गरेका थिए।

कार्यक्रमको अन्त्यमा नवप्रवेशी विद्यार्थीहरूले कलेजप्रति आत्मीयता महसुस गरेको तथा आगामी शैक्षिक यात्राप्रति उत्साहित रहेको प्रतिक्रिया दिएका थिए। अभिमुखीकरण कार्यक्रमले विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, नीति तथा अवसरहरूबारे जानकारी गराउँदै सफल शैक्षिक यात्राको शुभारम्भ गरेको आयोजकले जनाएको छ।

प्रतिक्रिया