logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा नेपालले दुवै ओपनर गुमायो

    • Heralo Reporter Heralo Reporter
    • २ कार्तिक २०८१ शुक्रबार
    अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा नेपालले दुवै ओपनर गुमायो

    काठमाडौं ,  हेरालाे खबर

    अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा नेपालले दुवै ओपनरलाई गुमाएको छ ।

    डालसस्थित ग्रान्ड प्रेरीमा जारी पहिलो टि ट्वान्टी आई खेलमा नेपालले पहिलो विकेटका रुपमा अनिलकुमार शाह आउट भएका थिए । शाह तीव्र गतिका बलर अलि खानको शिकार बने । पहिलो विकेटका लागि अनिल र आसिफले ४८ रन जोडे ।

    खानको बलमा शाह एलबिडब्लु आउट भएका थिए । उनले १८ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए । एलबीडब्लु निर्णयमा विकेटकिपरले समेत अपिल नगरेको अवस्थामा अम्पायरले आउट दिएका थिए ।

    अर्का ओपनर आसिफ शेख बायाँ हाते स्पिनर हर्मित सिंहको बलमा आउट भए । उनी दशौँ ओभरको पहिलो बलमा आउट भएका थिए । आसिफले २७ बलमा २७ रन जोड्ने क्रममा ४ चौका प्रहार गरेका थिए ।

    नेपालले ९.१ ओभरमा ६९ रन जोड्दै २ विकेट गुमाएको छ । क्रिजमा ७ रनमा खेलिरहेका कुशल भुर्तेललाई साथ दिन कप्तान रोहित पौडेल आएका छन् ।

    अमेरिकाले टस जितेर फिल्ड गर्ने निर्णय लिएपछि नेपाल ब्याटिङ गरिरहेको छ ।



    Heralo Reporter Heralo Reporter    
  • २ कार्तिक २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP