logo
  • १७ बैशाख २०८२, बुधबार | Wed, 30 Apr 2025
  • पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा

    पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा

    पाेखरा , हेरालाे खबर

    सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

    सोमबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक  बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै आज सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुंगका अनुसार आज सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।

    सरकारले प्रतिनिधिसभाका पूर्व सभामुख दमननाथ ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको छ ।

    कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।



    Heralo Reporter Heralo Reporter    
  • ३ मंसिर २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP