logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • म्याग्दीको गलकोटमा बञ्चरो प्रहार गरी भाइद्वारा दिदीको हत्या

    म्याग्दीको गलकोटमा बञ्चरो प्रहार गरी भाइद्वारा दिदीको हत्या

    पोखरा , हेरालाे खबर

    म्याग्दीमा आइतबार साँझ एक महिलाको विभत्स हत्या भएको छ । मालिका गाउँपालिका वडा नं. ३ डाँडागाउँको गलकोटमा ४३ वर्षीया बिनाकुमारी विककाे हत्या भएकाे हाे ।

    हत्या उनकै नाताले भाइ पर्ने ३५ वर्षीय दलबीर श्रीपालीले गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

    सोही वडाका वडाध्यक्ष मोतीप्रसाद बुढाका अनुसार जग्गा विवादमा घटना भएको हो । विवादकै बिचमा दलबीरले बिनाकुमारीमाथि बञ्चरो प्रहार गरेका थिए ।

    बिनाकुमारीको घटनास्थलमै मृत्यु भएको हो । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बेनीमा राखिएको छ ।

    घटना लगत्तै भागेका दलबीरलाई सोही वडाको खेतन गाउँस्थित आफन्तको घरबाट राति ११ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिए ।



    Heralo Reporter Heralo Reporter    
  • ३ भाद्र २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP