logo
  • २८ बैशाख २०८२, आईतवार | Sun, 11 May 2025
  • फूलबारीमा बेहोस अवस्थामा भेटिएका राईको मृत्यु

    फूलबारीमा बेहोस अवस्थामा भेटिएका राईको मृत्यु

    लमजुङ

    लमजुङमा बाटोमा बेहोस अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ ।

    शनिबार राति ७ बजे सुन्दरबजार नगरपालिका वडा नं ९ फूलबारीस्थित बाटोमा बेहोस अवस्थामा भेटिएका ५ बर्षका सन्तोष राईको मृत्यु भएको हो ।

    बेहोस अवस्थामा रहेका उनलाई केही स्थानीयले उपचारका लागि सुन्दरबजार अस्पताल लगिएको थियो ।

    अस्पतालमा सामान्य उपचार पश्चात सुन्दरबजार नगरपालिकाको सहयोगमा भरतपुर अस्पताल चितवन पठाइएकोमा उनको उपचारका क्रममा आइतबार बिहान ७ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    स्थानीय स्तरमा मजदुरी गर्दै हिँड्ने उनको अन्य ठेगाना खुलेको छैन् । घट्नाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • ३० मंसिर २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP