पोखरा , हेरालाे खबर
पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका दुई जिल्लामा भारी वर्षा मापन भएको छ । गण्डकीका पर्वत र स्याङ्जामा भारी वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार स्याङ्जाको पञ्चमूलमा १३०दशमलव मिलिमिटर, पर्वतको पञ्चासेमा ११६दशमलव२ मिलिमिटर र कार्कीनेटामा ११०दशमलव८ मिलिमिटर वर्षा भएको छ ।
यसैगरी बाराको सिमरामा १२९दशमलव४ मिलिमिटर, कोल्भीमा १०८ मिलिमिटर, पर्साको रंगपुरमा १६७ मिलिमिटर, कैलालीको धनगढीमा १०२दशमलव६ मिलिमिटर र कञ्चनपुरको सुन्दरपुरमा ९८दशमलव२ मिलिमिटर वर्षा मापन भएको छ ।
आज दिउँसो गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा र राति गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
प्रतिक्रिया