पोखरा , हेरालाे खबर
नेपाली दिदीबहिनीहरूकाे नजिकिँदै गरेको महान पर्व हरितालिका तिजकाे अवसरमा क्षत्री समाज नेपाल कास्की काे आयोजनामा पाेखरा प्रदसनी केन्द्र नयाँ बजार मा दिदीबहिनी भेला कार्यक्रम सम्पन्न भयाे ।
क्षत्री समाज नेपाल कास्की को आयोजनामा हरितालिका तिज २०८१ को अवसरमा आयोजित दिदिबहिनी भेला पोखरा प्रदसनी केन्द्र नंया बजार मा कास्की जिल्लाभर रहेका क्षत्री दिदीबहिनीहरूकाे उल्लेख्य उपस्थितिमा भएको थियोे।
क्षत्री समाज नेपाल जिल्ला समिति कास्कीको आयोजना तथा जिल्ला समितिका भातृ समाजहरुको सहकार्यमा कास्की जिल्लाबासी क्षत्री दिदिबहिनीहरुले बिचमा रमाईलो भेटघाट गरेका थिए।कार्यक्रम केन्द्रीय महिला समिति अध्यक्ष उर्मिला खड्का , उपाध्यक्ष लक्ष्य अधिकारी ,सचिव विमला भण्डारी लागाएतले हामी क्षत्री सबै काे पाेसाक एउटै छ त्यसैले विचार पनि समान राख्नु पर्छ भन्दै हामीले हाम्रो संस्कार जाेगाउनु पर्छ र पहिला अरूकाे व्यदाना सुनिन्थियाे अब हामीले के कास्ता काम गरेका छै अरूलाई सुनाउनु पर्छ र महिला ले अवसर पाए के गर्न सक्दैनन् । हामी क्षत्री काे नि आफ्नो ,पहिचान छ ,सस्कार छ, त्यसलाई जाेगाउनु पर्छ कलाकारले नि आफ्नो सस्कृतीलाई जाेगाउनु पर्छ भन्दै आफ्नो भनाइहरू राख्नु भएको थियो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गण्डकी प्रदेश पोखराका मुख्य सचिव लक्ष्मी कुमारी बस्नेतको आतिथ्यतामा भएको कार्यक्रममा क्षत्री समाज नेपाल केन्द्रिय कार्यसमिति अध्यक्ष रिवबहादुर थापा, सचिव कृष्ण थापा, गण्डकी प्रज्ञा–प्रतिष्ठान कुलपति सुर्य खड्का बिखर्ची वन निर्देशनालय गण्डकी प्रदेशका उपसचिव करुणा कार्की लगायत करिव दुई हजार जना बढि क्षत्री दिदीबहिनीहरुको उपस्थिति रहेको थिए ।
क्षत्री समाज नेपाल जिल्ला समिति कास्कीका अध्यक्ष दिल बहादुर अधिकारी क्षत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्वती जिसी, सुरेस थापा जस्ता चर्चित क्षत्री कलाकारहरुको बेजोड प्रस्तुतिले भेटघाटको रौनक बढाएको थियो ।
कार्यक्रममा कास्की जिल्ला भर रहेका क्षत्री काे वृहत सहभागी भयाे। कार्यक्रम मा क्षत्री समाज गोर्खा का महिला दिदीबहिनी ले पन्चेबाजा काे साथ कार्यक्रममा थप मनाेरन्ज काे साथ सबैलाई नचाएका थिए ।
प्रतिक्रिया