पोखरा | तमु(गुरुङ) संचारकर्मी संघ कास्कीको आयोजना र सूर्यमुखी तमु समाजको समन्वयमा ३ दिने नागरिक पत्रकारिता तालिम सुरु भएको छ। सो कार्यक्रम संघका केन्द्रीय अध्यक्ष लाला गुरुङको प्रमुख आतिथ्यतामा र कास्कीका अध्यक्ष युग बहादुर गुरुङको अध्यक्ष्तामा सम्पन्न भएको छ। कार्यक्रममा तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, वरिष्ठ संचारकर्मी शान्ति गुरुङ, सूर्यमुखी तमु समाजको अध्यक्ष सु. दल बहादुर गुरुङ, आमा समिति अध्यक्ष तिल कुमारी गुरुङ, आनन्द धर्म चक्र बौद्ध गुम्बाका अध्यक्ष सु. कमलसिंह गुरुङ, रुपा गाउँपालिका वडा नं ५का निवर्तमान अध्यक्ष टेक बहादुर गुरुङको उपस्थिती रहेको थियो। प्रमुख अतिथि लाला गुरुङले तालिमलाई गम्भीरता रुपमा ग्रहण गरि व्यवहार पनि उतार्न सफल हुनुहोला भन्दै शुभकामना दिनु भएको थियो। पहिले दिनको प्रशिक्षणमा प्रशिक्षकहरु हुम बहादुर गुरुङ , शान्ति गुरुङ,खिमा गुरुङ,शिला गुरुङ,युग बहादुर गुरुङ र सम्राट गुरुङले प्रशिक्षण दिनु भएको थियो।
पोखरा महानगरपालिका वडा नं ३०, मुसेटुँडा स्थित सूर्यमुखी बहुउद्देश्यीय सामुदायिक भवन संचालित सो कार्यक्रममा समाजका अध्यक्ष सु. दल बहादुर गुरुङले स्वागत मन्तव्य र संघका सचिव सम्राट गुरुङले कार्यक्रम संचालन गर्नु भएको थियो।
प्रतिक्रिया