logo
  • १७ बैशाख २०८२, बुधबार | Wed, 30 Apr 2025
  • महिला भलिबल टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नगद सहित सम्मान

    • heralokhabar heralokhabar
    • १३ भाद्र २०८१ बिहीबार
    महिला भलिबल टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नगद सहित सम्मान

    हेरालाे खबर

    काठमाडौ |राष्ट्रिय खेलकुद परिषद्का संरक्षक, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले काभा नेशन्स लिग महिला भलिबल प्रतियोगिताको उपविजेता नेपाली टोलीलाई नगद सहित सम्मान गर्नुभएको छ। १४ खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षकलाई २ लाख, तथा सहायक प्रशिक्षक, व्यवस्थापक, र फिजियोलाई जनही १ लाख २० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरियो।

    सम्मानित खेलाडीहरु:

    अरुणा शाही (कप्तान)

    सरस्वती चौधरी

    प्रगति नाथ

    निरुता ठगुन्ना

    उषा भण्डारी

    सुमित्रा रेग्मी

    सोफिया पुन

    पुनम चन्द

    आरती सुवेदी

    कविता भट्ट

    सलिना श्रेष्ठ

    संगम महतो

    कामना विष्ट

    शान्तिकला तामाङ

    मुख्य प्रशिक्षक: जगदीशप्रसाद भट्ट
    सहायक प्रशिक्षक: भरत यादव
    व्यवस्थापक: निलमसिंह वज्राचार्य
    फिजियो: लोकेन्द्र कुँवर

    कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल, राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, नेपाल भलिबल संघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो।

    #cavawomensvolleyball #runnerup #NSC #Sports #Nepal



    heralokhabar heralokhabar    
  • १३ भाद्र २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP