Friday 3rd May 2024
साफ उपविजेता टोलीलाई जनही एक एक लाख दिने घोषण
हेरालो खबर २०७५ चैत्र ८, शुक्रबार
विराटनगर, प्रदेश नम्बर १ सरकारले घरेलु मैदानमा सम्पन्न पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली टोलीका प्रत्येक सदस्यलाई १,१ लाख दिने घोषण गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा भएको फाइनलमा नेपाल भारतसंग ३–१ गोल अन्तरले पराजित हुँदै उपविजेता बनेको थियो ।
प्रदेश १ सरकारले उपाधि जिते नेपाली टोलीलाई २,२ लाख दिने जनाएको थियो । तर, फाइनलमा पराजित भएपछि नेपाली टोलीले जनही १,१ लाख पाउने भएको हो ।
यस्तै विराटनगर महानगरपालिकाले उपविजेता बनेको नेपाली टोलीलाई जनही ५०, ५० हजार नगद पुरस्कार दिने जनाएको छ ।
त्यस्तै अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टोलीलाई हाइड्रोको शेयर दिने घोषणा गरेको छ ।
एन्फा अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले नेपाली टोलीलाई त्रिशुली जलविद्युत कम्पनी लिमीटेडको शेयर दिन प्रतिबद्दता जनाएका छन् ।