Sunday 19th May 2024
नेपाली कांग्रेसको दोश्रो राष्ट्रिय जागरण अभियान देशव्यापी रुपमा शुरु
हेरालो खबर २०७६ भदौ २४, मंगलबार
नवलपुर । “हिमाल पहाड तराई मधेश,नेपाली कांग्रेस” भन्ने मुल नारा सहित नेपाली कांग्रेसको दोश्रो राष्ट्रिय जागरण अभियान देशव्यापी रुपमा विविध कार्यक्रम गरी शुरु भएको छ । यसैक्रममा नेपाली कांगेस नवलपुरले पनि दोस्नो जागरण अभियान सुरु गरेको छ । नेपाली कांग्रेस क्षेत्र नं. २ को आयेजनामा १०६ औं बिपि जयन्तीको शुभ अवसरमा बृक्षारोपण गरी अभियानको शुरुवात गरिएको हो ।
विपी जयन्तीको अवसरमा मध्यविन्दु नगरपालिका – ३ ईटौरामा १०६ ओटा बृक्षरोपण गर्दै नेपाली कांग्रेसको दोस्रो राष्ट्रिय जागरण अभियान शुरुवात गरिएको हो । उक्त कार्यक्रमको उद्घाटन प्रमुख आतिथि नेपाली कांग्रेसका जिल्ला सभापती एवं गण्डकी प्रदेशका माननीय बिष्णु लामिछाने र विशेष अतिथि एवं केन्द्रिय प्रतिनिधि सरस्वती अर्यालको हातबाट गरिएको नेपाली कांग्रेस नवलपुरले जनाएको छ ।
आजदेखि शुरु भएको राष्ट्रिय जागरण आभियानको पहिलो कार्यक्रमको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि बिष्णु लामीछानेले यो जागरण नेपालमा कम्युनिष्ट सरकारका ज्यादतिको भ’ण्डाफोर र देशका प्रजातान्त्रिक संरचनाहरुको संर’क्षण र सम्बद्र्धनको पक्षमा भएको बताएका छन् ।

देशमा कम्युनिष्टको सरकार आएपछि आकाशै उल्टिने गरी नै परिबर्तन हुन्छ, हरेकले रोजगारी पाउछन्, घर घरमा बृद्धभत्ता पु¥याउछ र देशमा आमूल परिवर्तनको महशुस हुनेगरी समृद्धि आउछ भनेका थिए तर तयसको ठिक उल्टो देशमा महंगी, भ्रष्टचार र अनियमितता भैरहेकोले नेकपाको सरकार जनबिरोधी साबित भएको बताएका छन् ।
त्यस्तै, विपीको १०६ औं जन्म जयन्तीको अवसरमा बृक्षारोपण कार्यक्रमसँगै प्रदेश सभापति धनसिंह बोहराको अध्यक्षतामा शुरु भएको जागरण अभियानमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।