Sunday 19th May 2024

सिक्लेसलाई मादी गाउँपालिकाकै साँस्कृतिक ग्राम बनाउने अध्यक्ष गुरुङ

September 17, 2019 3:48 pm,

हेरालो खबर २०७६ भदौ ३१, मंगलबार

पोखरा । कास्कीको मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले सिक्लेसलाई मादी गाउँपालिकाकै साँस्कृतिक ग्राम बनाउने तयारीमा रहेको बताउनुभएको छ । यसका लागि अब सिक्लेसको सबै घरहरु एकैनासको निर्माण गर्ने, गाउँमा ढलान घर निर्माण गर्न नपाउने, नयाँ घर बनाउँदा वडासँग समन्वय गरेर मात्रै निर्माण गरिनुपर्ने बताउनुभयो ।
सिक्लेसमा निर्माण हुन लागेको नम्जु च्युउली युँउला क्होईबुको सहयोगार्थ आज चिउली पार्चे तमू समाज पोखरामा भएको साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
सिक्लेसमा निर्माण हुन लागेको दुई वटै क्होइबोको लागि गाउँपालिकाले आगुवाई गर्ने र निर्माण सम्पन्न गर्नलाई सहयोग गर्ने उहाँले बताउनुभएको छ ।
ठूलो बस्ती र धेरै जनसङख्या भएको कारणले गर्दा पनि सिक्लेसमा दुई वटा क्होइबो निर्माण हुनुलाई राम्रो पक्षको रुपमा लिनुपर्ने उहाँको भनाई छ ।
अहिले गाउँपालिकाले १० लाखको लागतमा साँस्कृतिक ग्राम बनाउनका लागि डिपीआरको तयारी गरिरहेको बताउनुभयो । अब सिक्लेसका सबै चोक, चौतारो, बाटो, धारा एकैनासको बनाईने र गाउँमा आउने पाहुनालाई गुगल मार्फत घर नं सर्च गरेर जान सक्ने व्यवस्था हुन लागेको बताउनुभयो ।
अहिले मादी गाउँपालिकाभित्र सञ्चालनमा रहेको दुई वटा जलविद्युत आयोजनाबाट गाउँपालिकालाई २५ प्रतिशत रोयल्टी बापत दुई वर्षमा ४० लाख प्राप्त भएको भन्दै अब गाउँपालिका भित्र निर्माणमा रहेको र योजनामा रहेको सबै जलविद्युत आयोजना निर्माण भएमा आगामी दिनमा गाउँपालिकालाई जलविद्युतको रोयल्टी बापत मात्रै ३ करोड आम्दानी हुने बताउनुभयो ।
यस्तै उहाँले मादी गाउँपालिका भित्र १४ वटा हिमश्रृङखलाहरु रहेको भन्दै अहिले १० वटा हिमालमा आरोहण हुने गरेको भएतापनि त्यो सबै आरोहण मनाङ जिल्लाबाट हुने गरेको र त्यसको आरोण रोयल्टी बापत यो वर्ष गाउँपालिकालाई ७ लाख रुपैंया प्राप्त भएको बताउनुभयो ।
अब त्यो सबै हिमालहरु गाउँपालिकाभित्रैबाट आरोहणको व्यवस्था मिलाउन आफूहरु लागि परेको समेत बताउनुभयो ।
संस्कृति र सम्पदाहरु जति प्रयोग गरयो उति नै बढदै र संरक्षण हुँदै जाने भन्दै हाम्रो भाषा संस्कृति र परम्पराको रक्षाको लागि यसलाई प्रयोग नै गर्नुपर्ने बताउनुभयो ।
अब यस्ता मौलिक र सामाजिक महत्वको चीज निर्माण गर्दा व्यक्तिगत पैसा भन्दा पनि सरकारी बजेटको ताकेता गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा तमू प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमूले सिक्लेसमा क्होइबो निर्माण गर्न आफूहरुको सहयोग जहिले पनि रहने बताउनुभयो । पछिल्लो समय सिक्लेसमा दुईवटा क्होइबो एकसाथ निर्माण हुँदै गर्दा स्थानिय बीचमा केहि मतभेद जस्तो देखिएता पनि दुईवटा क्होइबो निर्माण हुन आफैमा सकरात्मक काम रहेको बताउनुभयो ।
अहिले समयको मागले गर्दा हरेकले घरघरमा क्होइबो बनाउन थालेको अवस्थामा एकै गाउँमा दुईवटा क्होइबो होइन १० वटा क्होइबो निर्माण गर्न जरुरी रहेकोले यसमा विवाद नगर्न र एकले अर्कोलाई मिलेर सहयोग गर्न सबै सिक्लेसबासीलाई आग्राह गर्नुभयो ।


यस्तै नेपाल आदिवासी जनजाति महासंघ पोखरा महानगर कमिटीका अध्यक्ष जंगबहादुर गुरुङले क्होइबो निर्माणको सफलताको कामना गर्दै आफनो व्यक्तिगत तर्फबाट नगद ५० हजार प्रदान गर्नुभयो ।
यस्तै मादी १ का वडा अध्यक्ष सुरजकुमार गुरुङले पनि निर्माण कार्यको सफलताको कामना गर्दै आफनो व्यक्तिगत तर्फबाट ७० हजार रुपैंया सहयोग प्रदान गर्नुभयो । भने मादी २ का वडा अध्यक्ष एकजंग गुरुङले पनि कार्यक्रमको सफलताको कामना गर्दै नगद २५ हजार रुपैंया आर्थिक सहयोग गर्नुभएको छ ।
नम्जु च्युउली युँउला क्होईबुका अध्यक्ष तथा तमू प्ये ल्हु संघ केन्द्रिय पच्यु समितिका समेत अध्यक्ष कुलप्रसाद गुरुङको अध्यक्षतमा भएको कार्यक्रममा उपाध्यक्ष सु.अमरबहादुर गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो भने चलचित्र निर्देशक एवम् संस्कृतिकर्मी कृष्णकुमार गुरुङले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।


तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...

बिहानै शक्तिशाली भूकम्प, तीनकाे मृत्यू

हेरालो खबर, पाेखरा | पपुवा न्यू गिनीमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा जादा कम्तीमा तीन जनाको...

समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...

मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...

काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...

अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...

प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...

कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...

यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...

पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर,  भाद्र १२, २०७६, पाेखरा  । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...

Top 5 best smartphones under 20,000Rs in Early 2019

smartphones

It’s the age of smart phones. As your daily drivers smartphones play a big...

Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...

Dawa Sherpa, A student of TU, to summit Everest

Dawa sherpa Farewell

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...

हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...

विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...

सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...

विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...

पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...

रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार  । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...

पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार ।  पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...

Cable car to run in Pokhara from this Baisakh

Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...

World Split, the crisis in Venezuela A war of Ideology

From left, US president Donald J. Trump, Venezuela president (self Proclaimed) Juan Guaido, Venezuela president Nicolas Maduro, CPN Leader Puspakamal Dahal (Prachanda)

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...

स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...

भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु

हेरालो खबर २०७६ श्रावण १५    पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...

MCC सम्झाैता PDF नेपालीमा अध्ययन गर्नुहाेस् । मुख्य बिषय हाइलाइट सहित

https://heralokhabar.com/wp-content/uploads/2020/01/Mcc-Agreement-Nepali.pdf

©https://heralokhabar.com/ All Rights Reserved heralokhabar.com Mantain By : Webbank Nepal