Sunday 19th May 2024
तमूस्यो ह्युल छोंज धिँका संस्थापक अध्यक्ष हरिमायाको निधन
हेरालो खबर २०७४ कार्तिक २४, आईतबार
काठमाडौं । तमूस्यो ह्युल छोंज धीँ गुरुङ महिला राष्ट्रिय परिषदका संस्थापकअध्यक्ष हरिमाया गुरुङको निधन भएको छ ।
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारका क्रममा शनिबार हरिमायाको निधन भएको हो । नेपाल प्रहरीका पूर्वआईजीपी हेमबहादुर गुरुङकी धर्मपत्नी समेत रहेका हरिमाया तमू ह्युल छोंज र्धी गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय समितिका उपाध्यक्ष समेत हुन् ।
अन्तिम श्रद्धाञ्जली कार्यक्रम भने कात्तिक २७ गते हुने परिषदले जनाएको छ । श्रद्धाञ्जली कार्यक्रम परिषदको केन्द्रीय कार्यालय गोंगबूमा दिनको ३ बजे राखिएको अध्यक्ष रेशम गुरुङले जानकारी दिए ।
उपाध्यक्ष हरिमायाको निधनमा एक सातासम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने समेत विज्ञप्तिमा जनाएको छ । उपाध्यक्ष हरिमायाको निधनले तमू समुदाय मर्माहित भएको भन्दै परिषदले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।