Tuesday 14th May 2024
म र मेरी आमा
बि. स. २०२६ साल भाद्र २६ गतेको दिन जन्मियर आज ३ सन्तानकी आमा हुन सफल मेरि प्यारी आमालाई सर्बप्रथम हार्दिक बधाई ! संस्कृतमा माता बुझाउने आमा शब्द अत्यन्त पृय छ। कतै लडियो वा ठक्कर लाग्यो भने हाम्रो मुखबाट सर्बप्रथम ऐया आमा भन्ने वाक्यांश निस्किहाल्छ । कुनै अप्ठ्यारो परिस्थिति आईलाग्यो भने पनि हाम्रो मुखबाट आमा शब्द नै निस्किहाल्छ ।
मानिसमा मात्र नभै अन्य प्राणीमा पनि आमाको भूमिका प्रशंसनीय छ। चराले किन टाढा-टाढासम्म पुगेर आफूले नखाएर पनि चुच्चोमा आहार च्यापेर ल्याउँछ ? भर्खरै जन्मिएको बाछाको नजिक जाँदा गाईले किन हान्न खोज्छ ? बाँदरको बच्चालाई चलाउन खोज्दा किन बाँदरहरू उठेर आउँछन् ? यी सबैको उत्तर एउटै छ-प्राणीलाई आमाले जस्तो माया गर्ने संसारमा अरू कोही छैनन्।
नौ महिनासम्म मलाई गर्भमा धारण गरेर जन्म दिने आमा वास्तवमै महान् छिन्। आफुले खायर होस या नखायर भयपनी आफ्ना छोरा छोरिको पेट भर्ने अरु कोहि नभयर मेरि आमा हुन उनि । सुख दुख जिबनको दुई पाटा हुन, यक नभय अर्को को कुनै मतलब हुदैन । हरेक ब्यक्तिले आफ्नो ठाँउ बाट आफुले सकेको गर्छ बस के को लागि? मात्र एउटा उतर छ खुसी हुनको लागी।
आमाको छायाँ वा मातृचरणमा रहने सौभाग्य प्राप्त गर्नु स्वर्गभन्दा पनि ठूलो प्राप्ति हो। लोकोक्ति पनि छ -‘अरूको लाख, आमाको काख’ अर्थात् सन्तानका लागि आमाजत्तिको माया प्रदान गर्ने अरू कोही हुँदैनन्। आमा मानव जीवनकी स्रष्टा हुन्। आमा धर्ती हुन् जसले बीजलाई आफ्नो गर्भमा राखेर जीवन अंकुराउँछिन्।
मेरी आमा पनि मेरा लागि कथाकाररूपी स्रष्टा हुन् जसले एउटा कथाका रूपमा मेरो सिर्जना गरेकी छिन्। जब मैले आमालाई अनुभूति गर्न पाएँ, मेरा लागि सधैं स्नेहशील, ममतामयी र मेरा हरेक सुख-दुःखमा साथ दिने साथीका रूपमा भेट्टाएँ। यक्लो छोरा भएकाले पनि होला मेरी आमा मप्रति विशेष संवेदनशील हुनुहुन्छ। बाल्यकालदेखि अहिलेसम्म म प्रतिको मेरी आमाको व्यवहारमा कुनै परिवर्तन छैन।
म अहिले पनि आमाका लागि काखमा लुटुक्क निदाउने बालक हुँ। मेरी आमाको जीवन संघर्षमय छ। मेरि आमाको संघर्षको काहानी भन्ने हो भने जो किहोको पनि आखा बाट आँसु झर्नेछ। मेरि आमाको लागि त यो आजको दिन अर्को जुनि जस्तै लाग्छ होला। जब मेरि आमाको अनुहारमा निराशपन देख्छु अनि मेरो दिन नै मुडअफ हुन्छ । आमालाई घरमा नदेख्दा नरमाइलो लाग्छ, घर उजाड र सुनसान लाग्छ। आमा नहुँदा घरमा केही अधूरो-अपूरो भएझैं लाग्छ। बाल्यकालदेखि अहिलेसम्म उहाँकै कथा सुनेर हुर्किय। मेरो सबैभन्दा ठूलो फ्यान भनेकै मेरी आमा हुनुहुन्छ। मेरि आमाले गरेको हरेक निर्णयमा मलाई सन्तुष्टि मिल्छ। जब मैले केही राम्रो कार्य गरेर मेरि आमाको अनुहारमा खुसी ल्याउन सक्छु नि, तेतिबेला म आफुलाई नै बिर्सन्छु, आफुले गरेको दुख कष्ट सम्पुर्ण मेरो दिमाग बाट हट्छ र म मेरि आमा सङै रमाउने गर्छु ।
नेपालमा हिन्दू संस्कृति अनुसार बैशाख कृष्ण औंसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसी को रूपमा परिचित छ। यस दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरिहरू आमा भएको ठाउँमा गएर आफ्नो गच्छेअनुसारका खाद्यपदार्थ ख्वाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन् र आशिर्वाद ग्राहण गर्छन। यसो गरेमा मातृ ऋणबाट मुक्त भईन्छ भन्ने सोछ छ हामी नेपालिहरुमा। तर बर्षमा यकदिन मात्र आमाको सेवा गरेर पुग्दैन, जन्मदिने आमाबुवालाई हरेक दिन खुसी दिन सक्न पर्छ।
हरेक दिन केही नया कुरामा आफ्ना आमाबुवालाई खुसी राख्न सिक्न पर्छ अनि मात्र सच्चा सन्तानको रुप लिन सकिन्छ र आमाबुवाको त्यो रिणबाट मुक्त हुन सकियला। आमा शब्दको परिभाषा दिन गाह्रो छ तर मेरी आमाको स्तर भगवान्सँग तुलना गर्छु। उहाँ अत्यन्तै सकारात्मक हुनुहुन्छ। कुनै अप्ठ्यारो पर्दा पनि सधै काँध थाप्नुहुन्छ। सधैं मेरो पक्षमा हुनुहुन्छ। अरूलाई राम्रो गरे आफूलाई पनि राम्रो हुन्छ र जिबनमा जस्तोसुकै कठिन परिस्थिति आयपनी कहिलै हार खानु हुदैन भन्ने कुरा मैले उहाँबाट सिकेकी हुँ। सहनशील र हरेक परिस्थितिमा धैर्य गर्न सक्ने उहाँको क्षमता अवर्णनीय छ।
म बाचा गर्छु मेरि आमाको आखामा कहिल्यै आँसु आउन दिने छैन, चाहे जस्तो सुकै अप्ठ्यारो परिस्थिति सङ पनि लडाइँ गर्न नै किन नपरोस। आज सम्म कहि कतै केही गल्ती भयहोलान तरपनी हजुरकै सानो चन्चले,चुलबुले र कच्चा छोरा सम्झेर माफ गर्दिनुहोला मेरि आमा ।
– ईस्वर पहारी, सिमल्चौर ८ पोखरा