Wednesday 1st May 2024
गेटाफे ग्रानाडासंग २–१ गोल अन्तरले पराजित
हेरालो खबर २०७७ जेठ ३१, शनिबार
एजेन्सी । स्पेनि ला लिगा फुटबलमा ग्रानाडाले गेटाफेलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा घरेलु टोली ग्रानाडाले गेटाफेलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलमा अग्रता गेटाफेले २० औं मिनेटमा डेबिड टिमोरको गोलबाट लिएको थियो । ७० औ मिनेटमा जेनीले आत्मघाति गोल गरेपछि खेल बराबरीमा आएको थियो । कार्लोस फर्नान्डिज ईक्कीसले ७९ औ मिनेटमा गोल गर्दै ग्रानाडाको जित निकालेको हो ।
हारसंगै गेटाफेले ला लिगाको शीर्ष चारभित्र उक्लिने मौका गुमायो । ग्रानाडा ४१ अंक जोड्दै तालिकाको आठौं स्थानमा उक्लियो ।
अर्को खेलमा भ्यालेन्सिया र लेभान्तेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । खेल सकिन एक मिनेट अघि राड्रिगोले घरेलु टोली भ्यालेन्सियालाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ईन्जुरी समयमा मिलिरोले पेनाल्टीमा गोल गर्दै लेभान्तेलाई अंक जोड्न सफल रहे ।
भ्यालेन्सिया ४२ अंक जोड्दै तालिकाको सातौं स्थानमा यथावत रह्यो । लेभान्तेले ३३ अंक जोडेर १३ औं स्थानमा उक्लियो ।